दफा
सचिवालयको काम, कर्तव्य र अधिकार
(१) प्रचलित कानूनमा उल्लेख भएदेखि बाहेक सचिवालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) संघीय संसद, संघीय संसदका समिति, पदाधिकारी र सदस्यलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने,
(ख) संघीय संसदको काम कारबाही सुचारु रुपले सञ्चालन गर्न प्रशासनिक, आर्थिक र भौतिक व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने,
(ग) संघीय संसदको सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा संघीय संसद परिसरमा सुरक्षा व्यवस्था मिलाउने,
(घ) संघीय संसदको दलका कार्यालयलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने ।
(२) सचिवालयको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।